
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसीर ११ देखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारण सभा तथा अधिवेशनका कुँवरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अध्यक्ष कुँवरले जानकारी दिए । उनले यहाँका उद्योगी व्यवसायीहरुको समस्या र एजेण्डाहरुलाई सशक्त रुपमा उठाउने प्रतिबद्धता सहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।
साथै उनले व्यवसायीहरुबाट अत्याधिक मत पाएर विजयी हुने आशा पनि व्यक्त गरेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56