कञ्चनपुरमा सैनिक जवानविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता
2020/11/11, 11:04
 
police

कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलामा बाटोबारे विवाद हुँदा कुटपिटमा संलग्न नेपाली सेनाका जवान सुनिल सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ ।प्रहरी कार्यालयमा जाहेरी दर्तापछि उनको खोजी शुरू गरिएको छ। भुजेलामा सैनिक जवान सार्कीका बुवासहित कुटपिटमा संलग्न पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिइएको हो ।  

प्रहरी कार्यालयमा जाहेरी परेपछि देवी सार्कीसहित राजु सार्की र मदनराज सार्की पक्राउ परेका छन् । कुटपिटबाट गम्भीर घाइते काशी सार्कीको परिवारले जाहेरी दिएको हो । कुटपिटमा परि गम्भीर घाइते काशी सार्की र उनी श्रीमतीलाई  धनगढीमा उपचार सम्भव नभएपछी अहिले कोहलपुरमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले पाँचमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जानकारी दिए ।सैनिक जवान सार्की र रेखा सार्की फरार रहेका छन्। उनीहरुको खोजीकार्य भइरहको प्रहरीले जनाएको छ ।