
कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया ती महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए । महिलाको शव भने टीकापुर अस्पतालमै रहेको उनले जनाए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 4:42
2021/02/16, 10:54
2021/09/17, 1:06
2022/12/02, 7:05