
कैलालीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।

गएराति ८ बजेतिर लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा मोटरसाइकलले ठक्कर दिँदा घाईते भएकी महिलालाई उपचाकारका लागि टीकापुर अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनले मृतकको सनाखत हु्न नसकेको बताए । मोटरसाइकल र ३६ वर्षीय चालक प्रेम साउदलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/27, 4:42
2021/02/16, 10:54
2021/09/17, 1:06
2022/12/02, 7:05