
बझाङमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्य हुनेमा सुर्मा गाउँपालिका –२ दोगडीकी २२ वर्षीया सरस्वती बोहरा रहेकी छन् । बुधबार दिउँसो घाँस दाउरा ल्याउन बारिल खर्क भन्ने ठाउँमा गएकी उनी बेलुका मृत फेला परेकी प्रहरी जनाएको छ ।

घाँस दाउरा गरिरहेको स्थानबाट करिब २५ तल खसेकी उनको घटना स्थलमै ज्यान गएको मृतक युवतीका आफन्तलाई उद्यृत गर्दै प्रहरीले जनाएको छ । उनको आज बिहान प्रहरी मुचुल्का गरी पोष्ट मार्टमपछि शव आफन्तले बुझेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43