
कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले शुक्रबार एक थान भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ नं गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो ।
वन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दुक फेला पारेको गस्तीमा संलग्न सशस्त्र प्रहरीका जवानहरुले बताएका छन् । बन्दुक पडकाउनेहरु भागेकाले पक्राउ गर्न सकिएन् ।
बन्दुक पड्काउनेहरु चोरी शिकारी गर्न वन क्षेत्रमा गएका व्यक्तिह हुनसक्ने बताइएको छ । बरामद बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । सोही ठाउको पहरीयाबाट सशस्त्र प्रहरीले गएराती अबैध काठसमेत बरामद गरेको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43