बैतडीको पाटन नगरपालिका–८ को खोड्पेमा गए राती भएको बस दुर्घटनामा परि मृत्यु भएका ९ जना मध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मध्ये बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द, सोही वडाका करण सिंह ऐरी र कवीन्द्र जोशी रहेका छन् ।
डिलासैनी गाउँपालिका– ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका– १० का विजना धामी रहेकी छिन् । यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की रहेकी छिन् । दुर्घटनामा ३४ जना घाइते भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर –२ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर दुर्घटनामा परेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
मृत्यु हुनेका ७ जना पुरुष र २ जना छन् । मृतक मध्ये एक जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु थियो । अरुको घटनास्थलमै मृत्यु भएको उनले बताए । उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको एक जना बाहेक मृतक सबैको शवलाई जिल्ला अस्पताल बैतडी लगिएको छ । घाईते ३४ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बुझिएको प्रहरीले बताएको छ । सबैलाई उपचारको लागि राती डडेलधुरा अस्पताल पठाईएको थियो ।
गम्भीर घाइते ७ जना र अन्य चार जना गरी १० जनालाई डडेलधुराबाट धनगढी रेफर गरिएको छ । बसका चालक र सहचालक दुवै घाइते छन् । बसका ४३ जना जति यात्रु सवार रहेको बताइएको छ ।
मृतकहरु
१. कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की
२. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द
३. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का करण सिंह ऐरी
४. बैतडीको दोगडाकेदार गाउँपालिका ६ का कविन्द्र जोशी
५. डिलासैनी गाउँपालिका–७ घर भई भिमदत्त नगरपालिका–१० का विजना धामी
६. दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा
७. दार्चुलाका तर्कराज गिरी
८. सनाखत हुन बाँकी
९.सनाखत हुन बाँकी
घाईतेहरु
१.बैतडीको दोगडाकेदार–७ का बिरेन्द्र कार्की
२.कञ्चनपुरको बेलौरी नगरपालिका–७ का बिमला कुँवर
३. कञ्चनपुरको बेलौरी नगरपालिका–७ का निवेश ऐर
४. कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की दीपा चन्द
५. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बिमला बडू
६. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी
७. बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक
८. दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री
९. दार्चुलाको मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह
१०. बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा
११. अछामकोे चौरपाटी गाउँपालिका–४ अमृत कुमाल
१२.कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी
१३.कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत
१४.बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार
१५.कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी
१६.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी
१७.बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक
१८.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी
१९.दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा
२०. कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी
२१.कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद
२२.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की
२३.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का कौशल साउँद
डडेल्धुरा अस्पताबाट रेफर भएकाहरु
१. बिरेन्द्र घर्तीमगर
२. विरेन्द्र चौधरी
३. सुरज विक
४. लोकेन्द्र बोहरा
५. पूर्ण टमटा
६. संगीता विक
७. दशरथ गिरी
८. बिरेन्द्र कार्की
९. धन सिंह खत्री
१०. कल्पना कार्की र उनका डेढ वर्षको छोरा ।
स्रोतः डडेल्धुरा अस्पताल