बैतडी बस दुर्घटनाका ११ जना गम्भीर घाईतेहरुको धनगढीको माया मेट्रो हस्पिटलमा उपचार हुदैं (नामावली सहित)  
2020/11/13, 10:28
 
accidnet

बैतडीको पाटन नगरपालिका–८ को खोड्पेमा गए राती भएको बस दुर्घटनामा परि गम्भीर घाईते भएका ११ जनालाई थप उपचारका लागि धनगढी ल्याईएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका ११ जना धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भईरहेको छ ।

2

उनीहरुलाई आज विहान अस्पताल पुराईएको हो । गम्भीर घाईतेहरुको उपचार भईरहेको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए । 

2

दुर्घटनामा परी मृत्यु भएका ९ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ७ जनाको सनाखत भएको छ । अहिलेसम्म आफन्तले हुलियाको आधारमा ७ जनाको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यु भएका मध्ये बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द, सोही वडाका करण सिंह ऐरी र कवीन्द्र जोशी रहेका छन् ।

2

यस्तै डिलासैनी गाउँपालिका– ७ घर भई हाल कञ्चनपुरको भिमदत्त नगरपालिका– १० का विजना धामी रहेकी छिन् । यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरि र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तिका कार्की रहेकी छिन् । 

2

दुर्घटनामा ३४ जना घाइते भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर–२ को गन्नाबाट महेन्द्रनगरको लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस राती करिब १० बजेतिर दुर्घटनामा परेको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

2

मृत्यु हुनेका ७ जना पुरुष र २ जना छन् । मृतक मध्ये एक जनाको उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु थियो ।  अरुको घटनास्थलमै मृत्यु भएको उनले बताए । उपचारको लागि लैजाँदै गर्दा डडेलधुरामा मृत्यु भएको एक जना बाहेक मृतक सबैको शवलाई जिल्ला अस्पताल बैतडी लगिएको छ । 

1

माया मेट्रो हस्पिटलमा उपचाररत घाईतेहरु 
१. बिरेन्द्र घर्तीमगर
२. विरेन्द्र चौधरी
३. सुरज विक
४. लोकेन्द्र बोहरा
५. पूर्ण टमटा
६. संगीता विक
७. दशरथ गिरी
८. बिरेन्द्र कार्की
९. धन सिंह खत्री
१०. कल्पना कार्की र उनका डेढ वर्षको छोरा ।