स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला
2020/11/13, 1:54
 
musium

क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर आजदेखि सर्वसाधारणका लागि खुला गरेको छ । ट्रष्टका सञ्चालक क्याप्टेन बेद उप्रेतीले आज बिहान म्युजियम परिसरमा आयोजित पत्रकार सम्मेलनमा स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर आजदेखि सर्वसाधारणका लागि खुला गरेको जानकारी दिए । यद्दपि म्युजियम सञ्चालन आउन भने केही समय लाग्ने बताईएको छ ।

क्याप्टेन उप्रेतीका अनुसार बिगत सात वर्षदेखि निर्माणाधीन यो म्युजियम २०७७ बैशाख महिनादेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो । यद्दपि लकडाउनका कारण निर्माण कार्य ठप्प हुदा समयमै सञ्चालनमा ल्याउन सकिएन, उप्रेतीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, त्यसपछि म्युजियम पूर्णतगा बन्द रह्यो । तर फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीहरुले निकै दवाव दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको जानकारी गर्दछौ ।

यसअघि क्याप्टेन बेद उप्रेती ट्रष्टद्धारा धनगढीमा एअर क्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम सञ्चालनमा ल्याईसकेको छ क्याप्टेन बेद उप्रेती ट्रष्टले तेस्रो प्रोजेक्टका रुपमा काठमाण्डौं र धनगढीको म्युजियम भन्दा यो म्युजियम पृथक खालको रहेको छ । यस म्युजियम भित्र रहेको अप्स एण्ड डाउन म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुने बताईएको छ ।

2

म्युजियम परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् । म्युजियम भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरु रहेका छन् । खासगरी युवायुतीहरुलाई लक्षित गरेर बनाईएको यो म्युजियम धार्मिक दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने क्याप्टेन उप्रेतीको विश्वास छ ।  सिद्धनाथ बाबाको जटाबाट निस्किने पानीको फोहोरा र बिभिन्न देवीदेवताका शालिकहरुले सबैलाई आकर्षित गर्ने उनले बताए ।

उप्रेतीले म्युजियमले विद्यार्थीहरुलाई प्रैरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स उण्ड डाउनको आकर्षण र गर्मीमा याममा नौ धारा सहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो म्युजियम सुदूर पश्चिमको मूख्य पर्यटकीय स्थल बन्ने दावी गरे । म्युजियमका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती उप्रेती र क्याप्टेन उप्रेतीले बेद उप्रेती ट्रष्टका लागि जग्गा दान दिएका छन् । जग्गाको मूल्य करीव तीन करोड रुपैया र म्युजियमको निर्माणमा चार करोड रुपैया समेत गरी करीव सात करोड रुपैयाको लागतमा यो म्युजियम निर्माण भएको हो । 

म्युजियम निर्माण गर्न क्याप्टेन बेद उप्रेतीले विदेशमा प्रशिक्षक पाईलटको जागीरबाट आर्जन गरेको चार करोड रुपैया लगानी गरेका छन् । अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र शालिक बनाईएको ट्रष्टले जनाएको छ । ट्रष्टका अनुसार विश्वव्यापी महामारीका फैलिएको कोरोना भाईरसको संक्रमण कायम रहेसम्म महेन्द्रनगर म्युजियमको भित्रि भाग भने बन्द रहनेछ । तर स्टेच्यु अफ सिद्धनाथ बाबा र हेलिकोप्टर भित्रको फोटोग्राफी र म्युजियम परिसर बाहिर कोभिड १९ बाट उच्च सतर्कता अपनाएर फोटो खिच्न सिद्धनाथ बाबा दर्शनर्नार्थ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला गरिनेछ ।

ट्रष्टले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई म्यूजियम प्रवेश निशुल्क गरेको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीहरुका लागि रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिने बताईएको छ ।