भत्कीएको सहिद गेट पुनः निर्माण गर्न माग राख्दै वडा कार्यालयमा तालाबन्दी
2020/11/13, 2:03

दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ मा तालाबन्दी गरिएको छ । सडक निर्माणका क्रममा सहिद गेट भत्कीएको हालसम्म पुनः निर्माण कार्य नभएको भन्दै माग पुरा गराउनका लागि बिहीबार सहिद परिवारले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गत आर्थिक वर्ष २०७६÷७७ मा भत्काइएको सहिद गेट निर्माण गराउने जिम्मेवारी वडा कार्यालयले लिएपनि हालसम्म निर्माण नगरिएको भन्दै सहिद परिवारले तालाबन्दी गर्न बाध्य भएको सहिद परिवारका मोहनसिंह बिष्टले बताए । वडा कार्यालयले गेट निर्माण गराउने जिम्मेवारी लिएपश्चात् दुई पटक निबेदन दिएपनि वास्ता नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको सहिद परिवारले बताएका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43