
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुन्दा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको हो ।

लु४प ६१७१ नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहिबार राति मात्रै दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भिर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43