
कैलालीमा एक लाख बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ बाट गएराति २ बजेतिरको समयमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।जुवाडेहरुबारे पूर्ण विवरण भने आउन बाँकी नै रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43