पश्चिमा थारु समुदायमा आज डिया–डेवारी, बेलुका ढिक्री वितरण गरिने
2020/11/14, 6:38
 
corona

हिन्दुधर्मवलम्वीले दीपावली अर्थात उज्यालो र भाइचाराको प्रतीकको रुपमा तिहार मनाइरहदा पश्चिम नेपालका थारु समुदायले डिया डेवारीको रुपमा मनाइरहेका छन् ।  आफ्नो कूल देवताको श्राद्धपूर्वक पूजाआजा गरी घर वरिपरी दीपावली गर्ने र आज शनिबार बेलुका ‘ढिक्री लुटाउने’ अर्थात वितरण गर्ने प्रचलन रहिआएको हो ।

थारु बुद्धिजीवीहरुका अनुसार थारु समुदायमा नयाँ उत्पादित धानको चामलको पिठोबाट ढिक्री (परिकार) बनाइन्छ । जुन ढिक्री प्रसादको रुपमा कूल देवतालाई चढाउने प्रचलन रहिआएको कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीकी चोंधिया देवी डंगौराले जानकारी दिइन् ।

पूजाआजा गरिसकेपछि जुन ढिक्री छरछिमेकका बालबालिकाहरुर्ला वितरण गर्ने प्रचलन रहिआएको हो । विशेषगरी दहित थर भएका थारुहरुले ढिक्री वितरण गर्दै आएको डंगौरा बताउँछिन् ।