जिल्ला अस्पताल बैतडीमा शुक्रबार साँझ शवको पोष्टमार्टम गरि अन्तिम संस्कारका लागि शनिबार शव आफन्तहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा ७ पुरुष र २ महिला गरि ९ जनाको मृत्यु भएको थियो । मृतक ३ जना दोगडाकेदार गाउँपालिका ६ का हुन् भने २ जना दार्चुलाका , २ जना कैलाली र २ जना कञ्चनपुका हुन् ।
यस्तै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना परि घाइते भएका चालक दोगडाकेदार गाउँपालिकाका वीरेन्द्र कार्कीलाई अस्पतालले डिस्चार्ज गरे लगत्तै प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चालकलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान पनि सुरु गरिएको छ । नियन्त्रणमा लिएका चालकमाथि सवारी ज्यान मुद्दा अन्तर्गत जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको उनले बताए ।