
कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ का एक स्थानीयको परालको टौवामा आगलागी भएको छ । शनिबार दिउँसो करिव साढे ४ बजेतिरको समयमा परालको टौवामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

स्थानीय धनसिंह महराको ३ विगाहा जमिनमा लगाईएको परालमा आगलागी भएको उनले जनाए । अन्दाजी २५ हजार मूल्य बराबरको पराल जलेर नष्ट भएको र आगलागी के कति कारणले भएको हो, सो बारे भने नखुलेको प्रहरी प्रवक्ता थापाले बताएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईएको उनले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43