
कञ्चनपुरका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ का ३२ वर्षीय युवकको आइतबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक २३ मा मेडिकल कलेज भर्ना भएका ती युवकको २५ गते स्वाव संकलन गरिएको थियो । कार्तिक २६ मा उनलाई कोरोना संक्रमण देखिएको प्रशासनले जनाएको छ ।
श्वासप्रश्वास लगायतका समस्याका कारण उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४६ पुगेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36