कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
2020/11/15, 11:51

कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका–५ राजीपुरका २८ वर्षीय प्रेम शाही रहेका छन् ।

उनलाई शुक्रबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बलात्कार गरेको जानकारी पाएपछि शाहलाई पक्राउ गरिएको उनले बताए ।
अन्दाजी ४० वर्षीया पीडित महिलाको सेती अस्पतालमा परीक्षणपछि उनकी छोरीबाट जाहेरी लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43