
बैतडीका नेकपा युवानेता अरुण महराको भीरबाट लडेर मत्यू भएको छ । अनेरास्वबियुका पुर्वजिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्वबियु सभापतिसमेत रहेका नेता महराको हिजो साँझ मृत्यू भएको हो ।

साँझ ५बजे स्थानीय बजारबाट घरजाने क्रममा खुर्रा भिरबाट लडेर गम्भीर घाइते भएका ३२ बर्षिय महराको अस्पताल लैजाने क्रममा मृत्यू भएको देगडाकेदार २का नेकपा अध्यक्ष कासिसिंह बिष्टले बताए ।
दोगडाकेदार–२ कै स्थायीबासिन्दा रहेका महराका श्रीमति र १ छोरा छन् । युवा नेता महराको निधनप्रति नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकले श्रद्धाञ्जलि ब्यक्त गरेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43