
कैलालीका २३ सहित सुदूरपश्चिमका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ८८ जनाको परीक्षण गर्दा थप २७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २० जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर २, ७ र ८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।
कैलालीकै टीकापुर नगरपालिकाका ३ जना, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका र शुक्लाफाटा नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43