धनगढी ल्याउँदै गर्दा बाटोमै ज्यान गुमाएका दार्चुलाका विद्युत् कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ
2020/11/16, 12:12

उपचारका लागि धनगढी ल्याउँदैै गर्दा ज्यान गुमाएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका ती कर्मचारीलाई शनिबार धनगढी रेफर गरिएको थियो ।

शरीरमा अक्सिनको मात्रा न्यून रहेका ती कर्मचारीको बैतडीको सतबाँज नजिकै सलेनामा पुग्ने बेला राति १ बजेतिर ज्यान गएको महाकाली नगरपालिका स्वास्थ्य संयोजक मोहन सिंह महराले बताए । मृत्यु पश्चात् बैतडी प्रयोगशाला कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य संयोजक मोहन महराले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43