सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना संक्रमण
2020/11/16, 9:14
 
corona

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले मन्त्री सुवेदी होम आइशोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । यसअघि उनको सचिवालयका एक जना स्वकिय सचिव, एक जना निजी स्वकिय सचिव,  २ जना पिएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो ।