सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारको अवधिमा ५६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २८ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् । उनीहरु मध्ये ७८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दशैको अवधि अर्थात कार्तिक १ गतेदेखि कार्तिक मसान्तसम्म ५४ वटा सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परि १९ पुरुष, ६ महिला र २ बालबालिका गरि २७ जनाको मृत्यु भएको थियो । त्यस्तै ५४ पुरुष, २१ महिला र ३ बालक गरि ७८ जना घाइते भएका छन् ।
तिहारको अवधिमा २ वटा सवारी साधनहरु दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यसैबीच ३ सवारी साधन र २ सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सबैभन्दा बढी सवारी दुुर्घटना हुने साधन मोटरसाइकल रहेको छ । भने सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।