
बुधवार साँझको हावाहुरीका कारण कैलालीका विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका अनुसार हावाहुरीका कारण मेन लाइनमा रुख र केही क्षेत्रमा पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

बेलादेवीपुर फिडरको विद्युत सेवा पूर्ण रुपमा बन्द भएको बताउँदै मर्मतका लागि अन्य विभिन्न फिडरको समेत विद्युत सेवा कटौती गरिएको वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए ।
उनका अनु्सार अहिले मर्मतका लागि विद्युतको टोली फिल्डमा पुगिसकेको छ । रातीको हावाहुरीले कतिपय ठाउ्रँको विद्युत सेवा सुचारु भएपनि कति ठाउँमा अझै विद्युत सेवा सुचारु हुन सकेको छैन ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/06, 1:37
2020/09/18, 11:03