‘राजा ल्याऊ देश बचाऊ’ भन्दै धनगढीदेखि अत्तरियासम्म प्रदर्शन हुने
2020/11/18, 11:07
 
raja pradarsan

धनगढीमा ‘राजा ल्याऊ देश बचाऊ’ भन्दै प्रदर्शन गरिने भएको छ । राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा युवाले प्रदर्शन गर्न लागेका हुन् । सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा जुलुस तथा ¥याली हुन लागेको धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि  ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध धनगढीदेखि अत्तरियासम्म प्रदर्शन गर्न लागेको सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजका संयोजक डब्बु कार्कीले जानकारी दिए । 

गणतन्त्रका कारण नेपाल असफल भएकाले जनताले राजाको माग गरेको संयोजक कार्कीले बताए । राजा र प्रजा मिलेर देशलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै राजा र प्रजा मिलेर बनाएको २०४७ को संविधान उत्कृष्ट भएको उनको भनाई छ । 

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांगे सवारी साधन सहित ढाई हजार जनाको सहभागीतामा कार्यक्रम आयोजन ा गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रदर्शनपछि कोणसभा गर्दै कार्यक्रमको समापन गर्ने आयोजकले जनाएको छ ।