स्वाब नहुँदा धनगढीमा कोरोना परीक्षण रोकियो
2020/11/18, 2:35
 
corona

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ । स्वाबको नमुना सकिएपछि कोरोना परीक्षण रोकिएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कोरोना परीक्षण हुन सकेको छैन् ।

कोरोना परीक्षण गर्नका लागि कम्तीमा पनि एक सय स्वाब आवश्यक पर्ने बताउँदै उनले स्वाब नभएपछि २४ घण्टामा परीक्षण हुन नसकेको बतए ।

नमुना सङ्कलन सुरु भइसकेको र आजबाट फेरी नियमित परीक्षण हुने सूचना अधिकारी श्रेष्ठले बताए । तिहारको समयमा धनगढीमा स्वाब संकलन पनि रोकिएको थियो ।