
विभिन्न १० वटा दलले कैलालीको धनगढीमा प्रर्दशन गर्ने भएका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मसाल तथा नेकपा(माले) लगायतका विभिन्न १० वटा दलले धनगढीमा प्रदर्शन गर्ने भएका हुन ।

एमसीसी सम्झौता, कालापानी लिपुलेक लगायतका क्षेत्रको अतिक्रमण र कोरोना महामारीका बेला सरकारले देखाएको उदासिनताको बिरोधमा उक्त सभा गरिने जनमोर्चाका युवा नेता जगत जोशीले बताए ।
विभिन्न २२ दलले देशव्यापी रुपमा गर्न लागेको विरोध प्रदर्शनको कार्यक्रम अनुसार नै सुदूरपश्चिममा पनि प्रदर्शन हुने उनले बताए । उनले प्रदेश अन्तर्गतका दार्चुला, बैतडी, बाझाङ, डडेल्धुरा र डोटीमा पनि सोही दिन जिल्लास्तरीय संघर्षको कार्यक्रम गर्ने समेत जानकारी दिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2020/06/18, 3:35
2020/10/22, 5:13
2022/11/06, 1:44