
राजा समर्थकहरूले आज कैलालीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिकको आयोजनामा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि दबाब दिन प्रदर्शन गर्न लागिएको आयोजक संस्थाका संयोजक रविन्द्र कार्की डब्बुले बताए ।

हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापना आफूहरूको प्रमुख माग रहेको उनको भनाइ छ । आज अपराह्न १२ बजे धनगढीको बुद्ध चोकबाट सुरु हुने ¥याली अत्तरिया पुगेर पुन धनगढी फर्कने र कोण सभा हुने संयोजक कार्कीले जानकारी दिए ।
धनगढीबाट अत्तरिया पुगेको र्यालीमा महेन्द्रनगर र कैलालीको पुर्वी भागबाट आएकाहरु मिसिएर धनगढीमा वृहत कोणसभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/31, 6:54
2020/08/10, 4:33
2021/01/12, 3:34
2023/01/20, 5:43