हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग सहित कैलालीमा बृहत मोटरसाईकल र्‍याली
2020/11/19, 2:40
 
raja

हिन्दु राष्ट्र पुनर्स्थापना तथा संवैधानिक राजतन्त्र स्थापनको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत मोटरसाईकल र्‍याली निकालेको छ ।

1

2

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत हुने संयोजक रवीन्द्र कार्कीले जानकारी दिए ।

3

4

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निष्केको जुलुस तथा र्‍यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको छ । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।

5

6

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको कार्कीले बताए ।

7

8

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधनसहित ३ हजार मोटरसाईकलको सहभागी भएको अनुमान रहेको प्रवत्ता अशोक मल्लले बताए ।

9

10

उनले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको र्‍यालीमा सहभागिता रहेको जानकारी दिए । उनले भने ‘यो कुनै पार्टीको समर्थन र बिरोधमा नभई स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाइएको हो ।’

11

12