तीन जना संक्रमित रहेकै कैलालीको जानकी गाउँपालिका थपिए दुई जना, दुबै जना भारतबाट आएका थिए
2020/05/28, 10:10
 
korona

कैलालीमा थप दुइ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कैलालीको जानकी गाँउपालिका वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुषमा कोरोनाको संक्रमण पाईएको हो । भारतको महाराष्ट्रबाट जेठ ३ गते कैलालीको गौरीफन्टा नाका हुदै आएका २५ बर्षिय पुरुष र सोही दिन टिकापुरको खक्रौला नाका हुदै लुकिछिपी आएका अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुवै जना जेठ ३ गतेदेखि जानकी गाउँपालिका वडा नम्बर–१ के सरस्वती माविको क्वारेन्टाईनमा रहेका थिए । कोरोना पुस्ठि भएपछि उनीहरुलाई टिकापुर अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताए । यसअघि सोही क्वारेन्टाईनमा रहेका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

यो संगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ९ पुगेको छ भने सुदूर पश्चिमभरी संक्रमितको संख्या २० पुगेको छ । हालसम्म कैलालीमा ९, बैतडीका ५, अछामका ३ र डडेल्धुरा, कञ्चनपुरका १÷१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये कैलाली र कञ्चनपुरका यस अघि ५ जना संक्रमित सञ्चो भएर घर फर्किसकेका छन् ।