कैलालीको जानकी गाउँपालिकाको एकै क्वारेन्टाईमा राखिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टिनमा अहिले ४५ जना राखिएको छ ।
उनीहरु मध्येका ६ जनामा कोरोना संक्रमण भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । ९ गते तीन जना संक्रमित पुष्टि भएको सो क्वारेन्टाईनमा त्यसपछि एक जना र आज दुई जनामा कोरोना पुष्टि भएको हो । योसंगै सरस्वती माविको क्वारेन्टिनमा संक्रमित हुनेको संख्या सङख्या ६ पुगेको छ ।
जेठ ९ गते क्वारेन्टिनमा रहेका तीन जना र १२ गते एक जनामा कोरोना पुष्टि भएको थियो । ६ जना संक्रमित मध्ये चार जना भारतबाट आएका हुन् भने एक जना इटहरी र एक जना बाँकेबाट जानकी गाउँपालिका पुगेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले जानकारी दिए ।
सो क्वारेन्टिनमा रहेका २९ जनाको अझै कोरोना परीक्षण हुन सकेको छैन । र ६ जना कोरोना संक्रमितको टीकापुर अस्पतालमा उपचार भईरहेको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमित भेटिएपछि ट्रेसिङको काम जारी रहेको बताए । ट्रेसिङको काम सकिएपछि सबै जनाको टेस्ट हुने उनको भनाई छ । परीक्षणका लागि संक्रमितको सम्पर्कमा आएको सात दिन पुगेको हुनुपर्ने मापदण्ड रहेको कार्कीले जानकारी दिए ।