
नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डाक्टर भीम रावलले पार्टी विधि र पद्धति अनुसार चल्न नसकेको बताएका छन । आईतबार धनगढीमा प्रेस संगठन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी विधि र जनताको चाहाना अनुसार चल्न नसकेको बताएका हुन । यही कारणले पार्टीभित्र अहिले अन्तरविरोध चर्किएको उनले बताए ।

उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नै धारणा अगाडी सारेको बताए । उनले भने, ‘अध्यक्षद्वयका जुन पत्रचारहरु भएका छन, त्यस सम्बन्धमा थप कुरा राख्ने भनेका छन त्यो ठिक छ ।’ यस्तै उनले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी समेत गरेका छन । उनले भने,‘यो पार्टी कुनै माटोको हाडी होईन् जो कुनै व्यक्तीले लठ्ठीले हानेर फुट्यो भन्ने वित्तिकै फुट्ने, यो पार्टी कुनै कमजोर आधारमा बनेको पार्टी होईन ।’

2025/07/24, 11:25
2025/07/24, 11:22
2025/07/24, 11:13
2025/07/24, 11:12
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/23, 10:03
2021/02/04, 1:38
2021/09/02, 5:59
2023/11/06, 12:15