टिकटक बनाउन राजाको नाममा ट्यापे मुन्द्रेहरुले जुलुस निकालेः भट्ट
2020/11/22, 6:19
 
pradarshan

गणतन्त्रको विकल्प राजा नभई राजनितिक पार्टी नै भएको राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टले बताएका छन् । आइतबार धनगढीमा २२ राजनितिक पार्टीहरुले गरेको प्रदर्शनमा उनले मुन्द्रे र ट्यापेहरुले टिकटक बनाउन जुलुस निकालेको आरोप लगाएका छन्  ।

1

प्रदर्शनपछि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै भट्टले दुई लिटर पेट्रोल हालेर साँझ भोड्का खाएर सडकमा ‘राजा आउ, देश बचाउ’ भन्नेहरुको तागत जनताले माटोमा मिलाई दिने उनले बताए । उनले दलहरुको विकल्प जनताले राजा खाज्न थालेको भन्ने भन्दै राजनितिक पार्टी सचेत र जागरुप हुनुपर्ने बताए । भट्ट भने–‘नेकपाको विकल्प राष्ट्रिय जनमोर्चा हुनसक्छ, क्रान्तिकारी माओवादी हुनसक्छ तर राजा कुनै हालतमा हुन सक्दैन ।’

2

राजा फाल्ने राजनितिक दलहरुले यो देशमा शासन गरिरहेको बताउँदै राजा फाल्न र गणतन्त्र ल्याउन राजनितिक पार्टीहरुले ठुलो संर्घष र बलिदान गरेको उनले बताए । ‘यो देशमा राजाको शासन भएको भए ज्ञानेन्द्रको छोरो फटाह पारस अहिले राजा हुन्थ्यो ।’ उनले भने–‘तर जनताले त्यसो हुन दिएनन्, समयमै राजा फाले ।’