गणतन्त्र दिवसका अवसरमा सुदूरपश्चिमका २१ जनाको कैद मिनाहा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २१ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी हुन् ।
कर्तव्य ज्यान र सार्वजनिक अपराधको मुद्धामा दोषी ठहर भएर कैद भुक्तानी गरिरहेका कैलालीका पाँच जनाको कैद मिनाहा भएको छ भने अन्य विभिन्न जिल्लाका थप १६ जनाको कैद मिनाहा भएको हो।
नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम कैदीहरुलाई सजाय माफी दिइएको हो।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12