केही समय अघि शिक्षकले आफ्नै विद्यार्थी बलात्कार गरेर चर्चामा आएको बैतडीमा सिगासमा फेरि उस्तै प्रकृतिको घटना घटेको आठ महिनापछि बाहिर आएको छ । गाउँमै मिलापत्र गर्दै एक तोला सुनमा मिलाईएको घटना पिडित किशोरी न्यायका लागि सदरमुकाम बैतडी आएपछि सार्वजनिक भएको हो ।
गाउँमा पिडा सहन नसकेर ती किशोरी एक जना आफन्त र आफ्नै दिदीसँग न्यायका लागि उजुरी गर्न सदरमुकाम पुगेकी हुन् । उनीहरु कहिल्यै नदेखेका उनीहरुलाई आफू बसेको होटेल कुन हो भन्ने सम्म थाहा थिएन् । कुन ठाउँमा बसेका छौ भन्ने पनि उनीहरुले बुझ्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय कता पर्छ त्यो पनि थाहा छैन् । एउटा झुत्रो झोलामा अघिल्लो दिन घरबाटै पकाएर ल्याएका केही रोटी थिए ।
त्यही खाएर रात कटाउने तयारीमा रहेका उनीहरुले खल्तीमा एक पैसा नभएपछि घरबाटै एक दुई दिन पुग्ने रोटी पकाएर ल्याएका रैछन् । त्यही खाएर रात कटाउने तयारीमा लागेका बेला केही सञ्चारकर्मी र मानव अधिकारकर्मीले भेटेपछि घटना बाहिरिएको हो । ती किशोरीमाथि कसरी बलात्कार भयो ? त्यसपछि अहिले सदरमुकाम पुग्नुसम्मको घटनाक्रम के हो ? पिडित युवतीको कथा पढौंः
बिहान चार बजे अध्यारोमै ४० लिटरको जरकिन बोकेर म पानी भर्न गए । ढिला भयो भने पानी भर्न पालो कुर्नुपथ्र्यो । एक जरकिन पानीका लागि आधा दिन बर्वाद हुन्थ्यो । त्यो दिन एक घण्टा टाढाको कुवा (नोला) बाट पानी भरेर फर्किदै थिए । ऊ अर्थात दिपक धामी बाटो ढुकेर बसेको रहेछ । नाताले मेरो भदु पर्छ । घर पनि नजिकै पर्छ । रातीको समय । सुनसान थियो । पानी भर्न आउने मानिसहरु कोही थिएनन् । उसले बाटोको माथिपट्टीबाट एक्कासी हाम फालेर च्याप्प समात्यो । हातमा रहेको मोबाईलको बत्ती खोेसेर फालिदियो । पिठ्युमा बोकेको जरकिन भुईमा खस्यो ।
पछ्यौरीले मुख बन्द गरेर घिसार्दै १५ मिनेट टाढा जंगलमा लग्यो । र मलाई त्यही बलात्कार ग¥यो । बलात्कार गरेर ऊ भागेर गयो । कता गयो भन्ने थाहै भएन । मेरो होस ठेगानमा थिएन । एकछिनपछि बल्लतल्ल सम्हालिएर अध्यारोमै दडिबुडी गर्दै बाटोसम्म आए । हात र खुट्टाले टेक्दै जसोतसो घर पुगे । घर पुग्दासम्म मिर्मिरे उज्यालो हुन लागेको थियो । त्यसपछिको केही दिन घरमै चुपचाप बसे । कही जान मन लागेन । केही काम गर्न पनि मन लागेन । म माथि गलत भयो भन्ने त थाहा थियो । तर न्यान माग्न कहाँ जाने भन्ने मेरो विवेकले ठम्याउन सकेन । उसको परिवार गाउँमै बलियो र सम्पन्न थियो । हामी गाउँकै कमजोर मध्येका प¥यौं । बुवाको मानसिक अवस्था ठिक छैन् । सानो भाई छ । दाई कमजोर र सोझो छ । घरमा बोल्न सक्ने मान्छे पनि कोही छैन् ।
मेरो महिनावारी हुने समय हरेक महिनाको २९ गते थियो । २३ गते बलात्कारपछि जेठ महिनाको महिनावारी रोकियो । पेटमा गर्भ बसेको कुरा सहजै अनुमान गरे । घरमा पनि थाहा नहुने कुरै थिएन् । नजिकै घर भएकाले सायद परिवारबाटै केटा पक्षले थाहा पाएछ । त्यसपछि दिपकले एउटा ठूलो खालको र दुई वटा साना साना ट्याबलेट खुवायो । असार ८ गते धेरै नै रगत बग्यो । त्यसपछि असार १४ गते गाउँमा भेला बस्यो । वडा कार्यालयबाट पनि मानिसहरु आए । गाउँका सबै जान्ने बुझ्ने मान्छे भेला भए । बलात्कार गर्ने केटा पनि आएको थियो । गाँजरी प्रहरी चौकीबाट प्रहरी पनि आए ।
थलाकाँडातिरका रोकाय थरका प्रहरीको नेतृत्वमा प्रहरीहरु आएका थिए । उसलाई देख्यो भने म चिन्न सक्छु । प्रहरीले गाउँको कुरा गाउँमै मिलाउने भन्यो । हाम्रो घरमा आएर अब देखि कसैसँग केही कुरा नगर्नु भन्यो । प्रहरीकै सक्रियतामा कागज बन्यो । तर कागजमा प्रहरीको उपस्थीति थिएन् । सो कागज अनुसार मलाई एक तोला सुन दिनुपर्ने थियो । मनले नमाने पनि गाउँका सबै जान्ने सुन्ने र प्रहरीले समेत मिल्नुपर्छ भनेर दबाव दिएपछि मन नहुँदा नहुँदै पनि कागजमा औंठा छाप र हस्ताक्षर गरे । बलात्कारी केटाको परिवारसँग प्रहरी र गाउँलेहरुले गराएका कागज अनुसार एक तोला सुन दिन भनियो ।
त्यही दिन केटाले फेरि धम्की दियो । ‘म सँग पैसा छ, मान्छे छन । तलाई जेल हाल्छु, त्यहाँ पनि तँलाई बलात्कार गर्छन् । म भागेर इण्डिया जान्छु’ उसले भन्यो । ‘त्यो सँग पैसा छैन । न बोल्न सक्ने कोही मान्छे छ । न कही जान सक्छ । न केही गर्न सक्छ’ भनेर सबैले खिल्ली उडाए । गाउँभरी हाँसोको पात्र बनाए । कार्तिक भित्र एक तोला सुन दिनुपर्ने थियो । उनीहरुले दिन मानेनन् । ‘कसैले जे गर्छस गर’ भन े। कसैले ‘गाउँमा चन्दा उठाएर दिउला’ भने । फेरि गाउँमा मजाकको पात्र बनाए । मेरै बिषयलाई लिएर गाउँभरी तमासा भयो ।
घरमा बोल्न सक्ने पुरुष मान्छे नभएपछि दिदीको सहयोगमा हिम्मत गरेर न्याय माग्न सदरमुकाम आए । हामी सदरमुकाम आएपछि उसको काकाको छोराले बुवालाई कुटेछ । गालाको हड्डी भाँचिएको छ भन्छन । ‘रुपैया माग्ने ठूलो हुन्छस’ भन्दै कुटेछन् । मलाई नि दिनुसम्म धम्की दिएका छन् । ‘गाउँ फर्केपछि फेरि बलात्कार गरेर मार्छौ’ भनेका छन् । दाईलाई तेरो बहिनी अगाडी लगाएको छस् । तलाई पनि मार्छौ भनेका छन् रे ।
घरमा बोल्न सक्ने न दाई भाई भए, न आफन्त । आफन्तले त बलात्कार गरेर यो हालतमा पु¥याएका छन् । त्यही भएर दिदी बहिनीले हिम्मत गरेका हौं । कहाँ गएर के के गर्नुपर्ने हो थाहा त केही पनि छैन् । तै पनि अति भएपछि दुःख गरेर यहाँ आएका हौं ।
(पीडित किशोरीसँग गरिएको कुराकानीका आधारमा विभिन्न अनलाईनहरुमा आएका खबरहरुबाट तयार पारिएको सामाग्री ।)