नेकपाले सरकार चलाउन नसके काँग्रेस जिम्मा लिन तयार छ: काँग्रेस नेता वलायर
2020/11/26, 1:22
 
rajniti

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बिरबहादुर वलायरले नेकपाले सरकार चलाउन नसके सरकार चलाउन काँग्रेस तयार भएको बताए । नेकपा सरकार संग अजित भएर जनता काँग्रेसलाई गुहारी रहेको समेत बताए ।

नेपाल प्रेस युनियन कैलालीले बिहिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । जनताले कम्न्युष्ट पार्टीलाई ठुलो जनमत दिएर सरकारमा पुगाए तर, जनभावना अनुरुप काम गर्न नसकेको उनको भनाई छ ।अर्को प्रशंगमा नेता बलायरले नेकपा भित्रको अहिले सैदान्ती बिवाद नभई कम्न्युष्ट सत्ताका पाउने र नपाउने बिचको झगडा भएकोले यो समस्या सामाधान नहुने उनाको भनाई छ । काँग्रेसलाई देश चलाउदा देश डुबायो भन्ने आरोपको खण्डन गर्दै नेता बलायलरले नेकपाको सरकारले त केही बर्षमै देश खोक्रो बनाईसकेको दाबी गरे ।

काँग्रेसले अहिले सम्म जिम्मेबार भएर देश हाकेको उनको भनाई छ । बिगत सम्झाउदै उहाले काँग्रेस जिम्मेबार पार्टी भएको बताउदै आफ्नो पार्टीले संबिधान जारी गरी कार्यान्वन गरेको बताए । जनताले काँग्रेसलाई प्रतिपक्षमा पाँच बर्ष बस्नका लागि जनादेश दिएकोले काँग्रेस प्रतिपक्षमै बस्ने समेत दाबी गरे । तर, बर्तमान सरकारलाई सचेत गराउनु पर्ने काँग्रेसको कर्तव्य हो ।

अर्को प्रशंगमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेतृत्व गरेको सरकार भ्रष्ट्राचार र अनियमिततामा व्याप्त रहेको आरोप लगाए । सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेको समेत उनको आरोप छ । उनले सरकारलाई पटक पटक जिम्मेवारी बोध गराउन बाध्य भएको बताए । नेकपाले दुई तिहाइ पाएर सरकार सञ्चालन गरे पनि अहिले नेपाली काँग्रेसलाई गुहार माग्न बाध्य भएको उनले बताए। तर, कम्युनिस्ट पाटीको सरकार र आतरिक राजनीतिमा नेपाली काँग्रेसको कुनै दखल नरहने उनले स्पष्ट पारे ।

उनले वर्तमान सरकार अझै पनि दम्भको आधारमा चलिरहेको आरोप समेत लगाए। उनले भने, ‘कम्युनिस्ट सरकारको जनता र देश प्रतिको समर्पणको भाव शङ्कास्पद छ उनीहरू व्यक्तिगत दम्भका कारण टुक्रिएका छन् ।’ वर्तमान सरकार, कम्युनिस्ट पार्टीको रवैया र नेपाली काँग्रेसको महाधिवेशनलाई केन्द्रित पारेर जनताको बिचमा गइरहेको उनले बताए ।