राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै
2020/11/26, 4:15
 
CAN

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।

यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो । क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ ।

यी खेलाडी यसअघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन् । कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामामा कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।