धनगढीमा रात्रिकालीन क्रिकेट सिरिज सुरु
2020/11/29, 9:52
 
cricket

कैलालीको धनगढीमा पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज सुरु भएको छ ।  धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज शनिबार रातिदेखि सुरु भएको हो । अन्डर १६ प्रतिपर्धा अन्तरगत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलो पटक आयोजना भएको आयोजक क्लबका अध्यक्ष अन्नत बोहराको दाबी छ ।

शनिबार शिखर वारियर्स र शिखर लायन्सबीच पहिलो खेल भएको थियो । पहिलो खेलमा शिखर वारियर्स विजय भएको छ । खेलमा पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित १० ओभरमा ४ बिकेटको क्षतिमा ८१ रन बनाउन सफल भयो । जसमा रोहन भट्टले २५ रन बनाउँदा कप्तान मोहित बोहराले उत्कृष्ट ब्याटिग सहित ३० रन बनाए । लक्ष्य पछ्याउने क्रममा किरन बोहराको घातक बलिङ सामु लायन्स क्लबले जीतको बाटो खोज्न सकेन । ३१ रनले पराजित हुन पुग्यो ।

लायन्सका ओपनर विवेक जोशीले पहिलो बलमै गोल्डेन डक आउट भए । उनी सहभागी टीम प्रेसरमा आएपछि केही बेर कप्तान लक्ष्मण भट्टले समाले पनि उनी उत्कृष्ट क्याच समातिएपछि टीम प्रेसरमा आएको थियो । खेल हेर्न आएका दर्शकहरुले वर्षमा दोस्रो पटक दीपावली आएको प्रतिक्रिया दिएका थिए ।