म्याराडोनाको शवसँग फोटो खिच्ने कर्मचारी निष्कासित
2020/11/29, 3:37
 
body

अर्जेन्टिनाका पूर्वफुटबलर डिएगो म्याराडोनाको शवसँग फोटो खिचाएका एक कर्मचारी कामबाट निष्कासित भएका छन् ।

शवको अन्त्येष्टि गर्ने एक कर्मचारीले म्याराडोनाको शवसँग फोटो खिचाएका थिए । उनले एक हातले ‘थम्बअप’ र अर्को हातले खुला कफिनको बाकसभित्र रहेको म्याराडोनाको शवको निधारमा छोएको फोटो खिचेएका थिए ।

उनको यो कार्यको अन्तर्राष्ट्रियरुपमा नै विरोध भएको थियो । उक्त फोटो खिचाउने व्यक्ति क्यालउडिओ फर्नान्डेज हुन् । उनको अन्य फोटोमा आफ्ना छोरा तथा सहकर्मीसँगै उनले कफिनसहितको पोज दिएको देखिएको छ ।

अन्तर्राष्ट्रियरुपमा नै विरोध भएपछि क्लाउडिओले आफ्नो क्षमायाचना गरेका छन् । उनले आफ्नो यस किसिमको फोटो खिचाउने कुनै योजना नरहेको बताएका छन् । उनले आफ्नो यस किसिमको अपमानजनक फोटोका लागि माफी दिन सबैलाई आग्रह गरेका छन् । उनले आफूले म्याराडोनाको परिवारको नजिकै रहेर लामो समय काम गरेकाले उनीप्रति आफ्नो सदैव सम्मान रहने बताएका छन् ।

म्याराडोना आफ्नो आदर्श रहेको भन्दै क्लाउडिओले उनको अपमान गर्ने आफ्नो कुनै नियत नरहेको स्पष्ट पारेका छन् । उनले आफूलाई धेरै मानिसहरुले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।