कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा ल्याईने, सिकलसेलको अनुसन्धान केन्द्र बनाईने
2020/05/28, 7:20
 
bughet

सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन ।

साथै उनले मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने समेत बताए । सिकलसेल एनिमिया थारु समुदायमा देखिने रोग हो ।