कोरोना कहरमा पनि लिटल फ्लावर प्रिमियर लिगलाई निरन्तरता 
कोरोना कहरमा पनि साहसी शाही 
2020/12/02, 1:45
 

सीताराम ओझा- देशमै एक मात्रै क्रिकेटको शहर धनगढीमा पछिल्ला दिनहरुमा क्रिकेट गतिविधिहरु ठप्प रहेका छन् । क्रिकेटको शहरमा क्रिकेटका प्रतियोगिताहरु अनिश्चित बनेका छन् । तर त्यसैबीचमा विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता भने कोरोना कहरमा पनि नरोकिने भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजना र लिटल फ्लावर ईङलिस स्कुलको सहयोगमा विगत चार बर्षदेखि निरन्तर आयोजना भईरहेको एलपिएल अर्थात लिटल फ्लावर प्रिमियर लिग नरोकिने भएको हो ।

1

आगामी फागुनको दोस्रो सातादेखि एलपिएलको पाँचौ संस्करण आयोजनाको तयारी थालिएको छ । अन्य प्रतिया्गिताहरु स्थगित भएका बेला कोरोना कहरमा पनि प्रतियोगिता नरोक्ने साहस गरेका छन् रामचन्द्र शाहीले । 

2

प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहने प्रतियोगितालाई निरन्तरता दिने साहस बोकेर अगाडी बढिरहेका छन् शाही । प्रतियोगिताको चौथो संस्करण अघिल्लो बर्षको कार्तिकको तेस्रो साता आयोजना गरिएको थियो । चौथो संस्करणको विजेताले दुई लाख रुपियाँ, उपविजेताले एक लाख, र उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । तर यसपाली यसमा केही समाोजना हुने आयोजकले जनाएको छ । कोरोनाकै त्रासमा प्रतियोगिता आयोजना गर्नु नै ठुलो चुनौती रहेकोले पुरस्कार राशीमा समायोजना गर्नुपर्ने बाध्यता आएको शाहीको भनाई छ । 

2

क्रिकेटमा लाग्नका लागि खेलाडी नै हुनु पर्दैन । संघको कुनै पदाधिकारी पनि हुनु पर्दैन । केवल मन भए पुग्छ भन्छन् विद्यालय क्रिकेटको जग वसालिरहेका रामचन्द्र शाही क्रिकेटकै लागि ठुलो मन भएकाहरुमा पर्छन् । उनको क्रिकेट संग साईनो जोडिएको धेरै भएको छैन् । डोटीवाट धनगढी झरेको ६ वर्षमै क्रिकेटसँगको उनको साईनो रगतभन्दा रातो भने जस्तै भएको छ भन्दा कुनै अतिउक्ती नहोला । 

1

चार वर्ष निजि र चार वर्ष सरकारी विद्यालयमा अध्यापनसँगै पत्रकारिता तर्फ पनि लागेका रामचन्द्र २०७१ सालमा धनगढी झर्दै धनगढी मिलन चोकमा रहेको लिटिल फ्लावर हाईस्कुलको सञ्चालक वनेसँगै उनलाई क्रिकेटले मोहनी लगाएको हो । त्यही क्रिकेट मोहनीलाई अहिले विद्यालय स्तरको देशकै सवैभन्दा ठुलो क्रिकेट प्रतियोगिता लिटिल फ्लावर प्रिमियर लिग गरेर साकार पारिरहेका छन् । चार संस्करणको सफलतापुर्वक आयोजनापछि अब पाँचौ संस्करणको तयारीमा जुटेका छन् । धनगढीमा भविष्यका पाईला अगाडी वढाउँदै गर्दा कुन वेला कसरी उनको मनमा क्रिकेट छि¥यो र त्यसको गहिरो छाप वस्यो उनलाई समेत पत्तो भएन् । तर थाहै नपाएर सुटुक्क मनभित्र वसेको त्यही छापलाई आफ्नो भविष्यको प्रवाह नै नगरी उनी अहिले क्रिकेटको जग वलियो वनाउने अभियानमा लागिरहेका छन् । 

1

घर वलियो वनाउनका लागि जग वलियो हुनुपर्छ भनेझैं नेपाली क्रिकेटको भविष्य वलियो वनाउनका लागि उनीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क वनाउँदै सक्षम खेलाडीको रुपमा अगाडी वढाउन सहयोग होस् भन्ने उद्देश्यले लिटिल फ्लावर प्रिमियर लिग गर्ने सोच वनाएको उनी वताउँछन् । चार संस्करणसम्म  विद्यालयका विद्यार्थी खेलाडी वाहेक चार जना बाहिरबाट राख्न पाईने नियम थियो । तर यसपाली यसमा कैची चलाईने आयोजना आयोजकको छ । हरेक टिमले १९ बर्ष मुनिका ४ जना विद्यालय बाहिरका खेलाडी राख्नका लागि छुट गरिएकोमा यसपाली दुई जना मात्रै राख्न पाउने नियम बनाउने मनसायमा आयोजकहरु रहेका छन् ।

1

विद्यार्थीहरुलाई उमेर समुहका खेलाडीसँग खेलाएर उनीहरुको प्रतिभालाई अझ तिखार्न मदत्त मिलोस् भन्नका लागि यसो गरिएको रामचन्द्र शाहीको कथन छ । हरेक वर्ष धनगढी वाहिर ख्यातिप्राप्त विद्यालयको सहभागी र पुरस्कार राशी वढाउँदै लैजाने सोचमा छन उनी । विद्यार्थीहरु जो भविष्यमा क्रिकेट वन्न चाहन्छन उनीहरुलाई अवसरको खाँचो हुने कुरालाई ध्यान दिएर विद्यालय तहको प्रतियोगिता गर्ने सोच वनाउँदै त्यसको  सार्थकता लिर लम्काईरहेका छन रामचन्द्र शाही । 

1