
डोटीको जोरायल गाउँपालिकामा शैलेश्वरी जोरायल फुटबल कप २०७७ सुरु भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष दुर्गा ओझाले गरे । उद्घाटन खेलमा जोरायल स्पोर्टस् क्लबले सानदार जित दर्ता गरेको छ ।

जोरायल स्पोर्टस् क्लबले युनिक युथ स्पोर्टस् क्लबमाथि ४–० को सानदार जित हासिल गरेको हो । खेलका नायक विनोद केसी भए । उनले ह्याट्रिक सहित चार गोल गरे । यो जितसँगै जोरायल स्पोर्टस् क्लब सेमिफाईलन प्रवेश गरेको छ ।

मंसीर २१ गतेसम्म अयोजना हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ नगद पुरस्कार पाउनेछन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02