प्रदेशभरीको खेलकुद क्षेत्रका अधुरा निर्माण कार्यलाई पूर्णता दिन्छौं–कुँवर 
2020/12/02, 10:05
 
kunwar

धनगढी राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त केन्द्रिय सदस्य एकेन्द्र कुवँरले प्रदेशभरीको खेलकुद क्षेत्रका अधुरा निर्माण कार्यलाई पूर्णता दिने बताएका छन् । बुधबार धनगढीमा क्षेत्रिय खेलकूद विकास समितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त केन्द्रिय सदस्य कुवँरले आफ्नो कार्यकालमा प्रदेशमा खेलकुद क्षेत्रको सुधार गर्ने प्रतिबद्धता गरेका हुन् । 

2

1

प्रदेश अन्तर्गतका खेलकूद मैदान, भवनलाई पुर्णता दिन आवश्यक बजेटको पहल गरि खेलकुद क्षेत्रको विकास गर्ने नले प्रतिबद्धता जनाए । आफु प्रदेशको प्रतिनिधित्व भएर गएकोले यस प्रदेशमा निर्माणाधिन रंगशाला, कर्भडहल, प्याराफिड, फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय क्रिकेट मैदान आफ्नै कार्यकालमा सम्पन्न गर्न बताए । 

naka

2

1

खेलाडीलाई सहज रुपमा तालिमको  व्यवस्था, खेलाडीका लागि आवश्यक खेलकुदका सामाग्री पुर्याउने र करार कर्मचारीलाई स्थायी लागी पहल रहने केन्द्रिय सदस्य कुवँरले बताए । 

2

खेलकूद क्षेत्रलाई कुनै राजनैतिक पुर्वाग्राही नभई विशुद्ध रुपमा अघि बढ्ने बताए । नवनियुक्त केन्द्रिय सदस्य कुवँरं राष्ट्रिय खेलकुद परिषद्को दोस्रो कार्यकालमा नियुक्त भएका हुन् । 

1

स्वागत कार्यक्रममा कैलाली जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर विष्टले स्वागत मन्तव राखेका थिए भने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले बधाई दिएका थिए ।