कैलालीको गौरीफन्टा नाकाबाट झण्डै २९ हजार नेपाली भित्रिएका छन् । जेठ २ गतेदेखि १५ गतेसम्म २९ हजार नेपालीहरुले नेपाल प्रवेश पाएका हुन् । विहीवार पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएसँगै नेपाल ल्याईएका नेपालीहरुको संख्या २९ हजार वढी भएको हो ।
स्थानीय प्रशासनको समन्वयमा विहीवार चार हजार पाँच सय ६४ जनाको उद्धार गरीएको छ । उद्धार गरिएका कसैको पनि परीक्षण भएर नेपाल ल्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए । विहीवार उद्धार गरिएका मध्ये एक हजार एक सय २७ जना कैलालीका मात्रै छन ।
बैशाख २ गते तीन सय ८३, ३ गते चार सय तीन, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८, ९ गते दुई हजार ११, १० गते एक हजार नौ सय ५९, ११ गते तीन हजार नौ सय ६४, १२ गते दुई हजार दुई सय २७, १३ गते ५ हजार दुई सय ४२ जना, १४ चार हजार सात सय ९४ र जेठ १५ गते चार हजार पाँच सय ६४ जनाको उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठ २ र ३ गते भित्रिएका नेपालीको र्यापिड टेस्ट गरिएको थियो । उनीहरु मध्ये महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई र्यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो । ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ ।
यस्तै ९ गतेदेखि १४ गतेसम्म आएका कसैको पनि र्यापिड टेस्ट समेत गरिएको छैन । भारतबाट फर्किएकाहरुको परीक्षण नहुँदा कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिने चिन्ता गरिएको छ । तर प्रदेश सरकारले भने किट अभावको कारण देखाउँदै परीक्षणको व्यवस्था मिलाउन सकेको छैन ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १४ दिन क्वारेन्टाईनमा राखेपछि उनीहरुको परीक्षण हुने बताए ।