नेपालबाट भारत जाने भारतीय नागरिक र भारतबाट आउने नेपाली नागरिक सहित धनगढीका क्वारेन्टाईनमा रहेका करीव २ हजार १ सय जनालाई खाना खुवाईएको छ । नागरिक स्तरबाट सञ्चालित खाना पानी अभियान अन्तर्गत भारतबाट नेपाल भित्रिएका धनगढी उपमहानगरपालिका–२ भन्सार स्थित नवदुर्गा माध्यामिक विद्यालयमा रहेका २ सय जना, त्रिनगर माध्यामिक विद्यालय र कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका १ सय १५ जना, काठमाण्डौंबाट दार्चुला जादै गरेका १ सय ५० जनालाई अत्तरीयामा र नेपालबाट भारत जादै गरेका २ सय भारतीय नागरिक र भारतबाट नेपाल आएका १ सय ४ सय २५ जना समेत गरी २ हजार १ सय जनालाई खाना खुवाईएको हो ।
त्यस्तै साँझ नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाईमा रहेका २ सय जना, त्रिनगर माध्यामि विद्यालय र कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा रहेका १सय १५ जनालाई खाना खुवाईने अभियानका अगुवा श्याम तायलले बताए । हाम्रो सानो प्रयास अभियानका तर्फबाट आज एक हजार जनालाई खाना र पानी वितरण गरिएको थियो ।भारतबाट आएका नेपालीहरु सीमा क्षेत्रमा भोक र प्यासले तडपिएका दृष्यहरु देखेपछि फिल्म निर्माता मीन बहादुर भाम, लेक्चर तथा एक्टिभिष्ट पुकार बम, अगेनो द हेष्टियाका सिईओ प्रज्वल दाहाल, क्याप्टेन बिजय लामा, अभिनेत्री नम्रता श्रेष्ठ, सोसल एक्टिभिष्ट बारबिम कुमार, दीपक हितान, उपेन्द्रजंग शाही, छेवाङ शेर्पा एभरेष्ट अवाकिङ डटकम, कलाकार कार्म, पत्रकार घनश्याम खड्का, शिक्षक तथा एक्टिभिष्ट सविन कर्माचार्य, फिब्रोका सिईओ सुरज राज पाण्डेय, उद्यमी आश्रय राज बराल, फोटोखिचुवा ९नेप्लिज ईन फोटोग्राफी ०, निभा नेपाली शाक्य स्प्रेडिङ स्माईल, भिक्टोर पौडेल ९ रुटिन अफ नेपाल बन्द, फिल्म निर्माता राजेश प्रसाद खत्री, अर्वान्स नेपालका सीईओ सविल खानले १ हजार नेपालीलाई खाना र पानीका लागि खाना पानी अभियानमा सहयोग गरेका थिए ।
त्यस्तै सुशिल अग्रवाल श्रृंगारवालाका तर्फबाट ३ सय जनालाई खाना र पानी उपलब्ध गराउनुका साथै थप १ सय २५ कार्टुन मिनरल वाटर बितरण गरिएको थियो ।यसैगरी अंकिता मोहपाल तथा आयुष जैनका तर्फबाट २ सय २० जनालाई खाना खुवाईएको थियो । व्यवसायी सुनिल चौधरीका पिता स्वर्गीय हनुमान चौधरीको पुण्य तिथिमा ५० कार्टुन मिनरल वाटर, न्यू ज्योति स्टोरका सञ्चालककी स्वर्गीय आमा अंशिया अग्रवालको स्मृतिमा ५० कार्टुन पानी वितरण गरिएको थियो । त्यसैगरी धनगढीमा कार्यरत एक बैंकका अफिसरको सहयोगमा सय कार्टुन मिनरल वाटर वितरण गरिएको थियो ।
अभियान अन्तर्गत दिनभरीमा ४ सय बढि कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको भारतबाट आएका नेपालीहरुलाई खाना खुवाउने अभियान अन्तर्गत भारतबाट आएका नेपालीहरुका साथै नेपालबाट भारत जाने भारतीय नागरिक र धनगढीस्थित क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई समेत खाना र पानी वितरण गरिदै आएको छ ।