
कैलालीको धनगढी स्थित त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा भारतबाट पुगेका नेपालीहरुलाई सुदुरपश्चिम फाउण्डेसनले पछिल्ला केही दिनदेखि खाना खुवाईरहेको छ ।

भारतका विभिन्न शहरहरुबाट पुगेका अलपत्र नेपालीहरुको लागि फाउण्डेसनले खाना र पानिको व्यवस्थापन गरिरहेको हो । विगत ५ दिन देखि धनगढीको त्रिनगर नाकामा भोकभोकै पुगेका नागरिकहरुलाई खाना र पानी खुवाइरहेको फाउण्डेसनले कञ्चनपुर स्थित गड्डाचौकी नाकामा आईरहेका नागरिकहरुका लागी पनि खाना, पानी व्यवस्थापन गरिरहेको छ । दुबै सीमा क्षेत्रमा फाउण्डेसनले प्रदे सरकारको आर्थिक सहयोगमा खाना खुवाईरहेको हो ।
हालसम्म कैलालीको त्रिनगर नाकामा करिव ७ हजार जनालाई खाना तथा पानीको व्यवस्थापन गरिएको फाउन्डेसनले जनाएको छ । विहीवार मात्रै नाकामा १८ सय जनालाई खाना खुवाइएको फाउन्डेशनले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/06, 1:37
2020/09/18, 11:03