सुदूरपश्चिम प्रदेश सभा सार्वजनिक लेखा समितिले आर्थिक बर्ष २०७५/०७६ को महालेखा प्रतिवेदनमाथि छलफल गर्ने निर्णय गरेको छ सोमबार बसेको लेखा समितिको बैठ्कले महालेखाले सार्वजनिक गरेको प्रतिवेदमाथि समितिमा छलफल गर्ने निणर्य गरेको हो । गत आर्थिक बर्षको प्रतिवेदमा महालेखाले प्रदेश सरकारको खर्चमा अत्याधिक बेरुजु निकालेको थियो ।
समितिले महालेखाको प्रतिवेदलाई छलफल गर्दै प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । यस्तै लेखा समितिको आज बसेको बैठ्कले सार्वजनिक लेखा समितिका सदस्य डिल्लीराज पन्तको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । कोरोनाले स्वास्थ्यमा समस्या थपिदै गएपछि प्रदेश सभा सदस्य पन्त अस्पताल भर्ना भएका छन् ।
कोरोना पुष्टि भएपछि धनगढीमै उपचार गराएका पन्तमा स्वास्थ्यमा समस्या थपिदै गएपछि उनि काठमाडौं स्थित हेम्स अस्पताल भर्ना भएका छन् । बैठ्कमा समितिका सभापति कुमारी नन्दा बम, सदस्यहरु देवकी मल्ल, अमर साउँद, चुनकुमारी चौधरी, मान बहादुर धामी र माना कुमारी साउँदको उपस्थिती रहेको थियो ।