सुदूरपश्चिम स्काउटमा नातावाद हावि भएको आरोप लागेको छ । नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समितिको गत शुक्रबार धनगढीमा पद तथा गोपनियताको सपथ ग्रहण भएको थियो । तर नातावाद र राजनीति हावी भएको भन्दै तीन जना सल्लाकार कार्यक्रममा सहभागि भएनन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम अध्यक्ष कर्ण थापाका छोरा नरेन्द्र थापालाइ प्रदेश संयोजकको जिम्मेवारी दिइएपछि सल्लाहकारहरु रुष्ट भएका हुन । उनीहरुले २९ वर्षदेखि स्काउटमा रहेकाहरुलाई संयोजक नदिएको तर राजनीतिक शक्तीको आडमा संयोजक तोकिएको आरोप लगाएका छन ।
तर प्रदेश संयोजक थापाले भने केहि सल्लाकार र सदस्यहरु बिरामी भएकाले सपथ ग्रहण कार्यक्रममा सहभागि नभएको प्रतिक्रिया दिए । कार्यक्रममा सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको समेत सहभागिता रहेको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले उनीहरुलाई दिक्षा प्रदान गरेका थिए ।