
तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुदूरपश्चिमका प्रिन्स दाहालले जितेका छन् । सिन्धुपाल्चोकको चौतारामा शुक्रबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै दार्चुलाका प्रिन्सले उपाधि जितेका हुन् । प्रिन्स २१–१४ र २१–१० ले विजयी भए ।

सेमिफाइनलमा पहिलो पटक नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गर्दै प्रिन्सले फाइनल यात्रा तय गरेका थिए । जितसँगै प्रिन्सले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता नवीनले ५५ हजार ५ सय रुपैयाँ पाए ।

देशकै सर्वाधिक पुरस्कार राशि राखिएको प्रतियोगिता कोरोनाले प्रभावित बनेको खेलकुदलाई चलायमान बनाउन आयोजना गरिएको आयोजकको दाबी छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02