सुदूरपश्चिममा पनि नेपाली काग्रेंसको विरोध सभाः धनगढीमा गगन थापा गर्जिर्दै
तयारी पुरा
2020/12/13, 10:37
 
congress

नेपाली काँग्रेसको भोली (सोमबार) धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको छ ।  आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै विरोध सभाको तयारी पुरा भएको नेपाली काँग्रेस कैलाली शाखाले जनाएको छ ।  दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने पूर्ण रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गर्न थालिएको काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए । 

प्रमुख विपक्षी नेपाली काग्रेंसले भोली मंसिर २९ गते देशभर गर्ने प्रदर्शन गर्ने क्रममा सुदूरपश्चिममा पनि विरोध सभा गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा हुने विरोध सभालाई सम्बोधन गर्न नेताहरु जिल्ला जिल्लामा पुगेका छन् भने पुग्ने क्रममा पनि रहेका छन् । यता कैलालीमा पनि नेपाली काग्रेंस कैलालीले पार्कमोडमा विरोध सभा आयोजनाको तयारी गरेको छ । 

सोमबार मध्यान्ह धनगढीको पार्कमोडमा विरोध सभा हुनेछ । कैलालीको धनगढीमा हुने बिरोध सभालाई काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापा धनगढीको बिरोध सभा सम्बोधन गर्नका लागि आज धनगढी पुग्न लागेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसीरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन क्षेत्रीय, नगर र गाउँकार्य समिति तथा सबै भातृ संठनका कार्यकर्ता र शुभचिन्तकहरु सहभागी हुने नेपाली काँग्रेस कैलालीले जानकारी गरेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए ।

सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ । यसै बिषयमा जानकारी दिनका लागि आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।