कैलालीमा मह उत्पादन बृद्धि 
2020/12/13, 11:17
 
bee

प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाइ छ । कैलालीमा मात्रै वर्सेनि करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नुपर्ने अवस्था छ । 

यस वर्ष मौसमले साथ दिँदा मह उत्पादनका बृद्धी भएको छ । सितलहरहरु सुरु नभएको तथा मौसम सफा र न्यानो रहेकाले मौरीपालक किसानहरुले तीनपटकसम्म मह निकालिसकेका छन् । यस वर्ष मह उत्पादनमा बृद्धी भएका बेला माग पनि बढेको छ । कोरोना कहरबीच महले शरीरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात (इम्युनिटी पावर) बढाउने भन्दै सेवनकर्ताहरु बढेकाले माग धान्न गाह्रो भएको मौरी पालक किसान घनश्याम पौडेल बताउँछन् । 

महको माग वर्सेनि बढ्दै गएको पनि छ । कृषि ज्ञान केन्द्र धनगढीका अनुसार जिल्लामा उत्पादन भएको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयत गरिँदै आएको छ । जिल्लामा करिब २ सय कृषकले मौरीपालन ब्यवसाय गरिरहेको र सरदर वार्षिक १५ टनसम्म मह उत्पादन भइरहेको ज्ञान केन्द्रका प्रमुख खगेन्द्र प्रसाद शार्माले बताए ।